कञ्चनपुर घटना नसेलाउँदै फेरी अर्की १४ वर्षीय वालिका झाडीमा मृत फेला

Posted on: 25 Aug, 2018

प्रेम सुनार | भदौ ९, बुटवल |  कञ्चनपुरमा  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि  हत्याको घटना नसेलाउँदै यता पोखरमा १४ वर्षिया वालिका पुष्पा केसी घरबाट हराएको तीनदिन पछि मृत फेला परेकी छन । बिहिबारदेखि हराइरहेकी पोखरा– १९ लामौचारकी  वालिका केसीको शव  सोही वडाको फापरतरोको झाडीमा फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । उनले घटनाको अनुसन्धान भई रहेको बताए । उनि  शुक्रबार साँझ मृत फेला परेको प्रहरीकी हुन ।   

विद्यालयको बसले करिब साढे ४ बजे छाडेपनि उनी घर पुगेकी थिइनन्। बिहीबार साँझबाटै परिवार र स्थानीय र प्रहरीले उनको खोजी तिब्र पारेका थिए । उनको झोला भेटिएको स्थान र शव भेटिएको स्थान हेर्दा बलात्कार पछि हत्या हो कि भन्ने  आफन्तजनले आशंका गरेका छन ।  त्यस्तै कञ्चनपुरको भिमदत्त गाउँपालिकामा झण्डै एक महिना हुँदा पनि मृत फेला परेकी १३ वर्षिया वालिका निर्मला पन्तको घटना छानविनमा त्यहाँको प्रहरी प्रशासनले नौटङकी गरेको स्थानियले आरोप लगाउँदै आन्दोलन गरिरहेका छन । 


आन्दोलनका क्रममा एक जनाको प्रहरीको गोली लागेर ज्यान गएको छ भने कैयौं घाईते भएका छन । प्रहरीले महिलाबाट सधै भाग्ने , डराउने गरेका एक जना मानसिक सन्तुलन ठिक नभएको ब्यक्तिलाई बलात्कार पछि हत्या गरेको भन्दै सार्वाजानिक गरेपछि आन्दोलन थप चर्किएको हो । निर्मला पन्त किताव लिनका लागि जुन घरमा गएकी थिईन त्यस घरमा , दुई वटी युवती मात्रै बस्ने गर्दथे ।  

जहाँ कञ्चनपुरकै एसपी डिल्लीराज मल्लका छोरा र भिमदत्त नगरपालिकाका मेयरका भतिजाको आवत जावत निकै बाक्लो रहेको स्थानियको भनाई छ । वास्तविक अपराधीलाई लुकाउन प्रहरीबाटै नौटङकी भएको भन्दै आन्दोलनले तिव्र रुप लिएको छ । यता पोखराकी वालिका केसीको घटना बारे  छानविनका लागि पनि जनदवावको जरुरी देखिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!