रु सात लाखबराबरको चोरी

Posted on: 25 Aug, 2018

लहान, ९ भदौ | सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ । 

घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान, कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको यादवले जानकारी दिनुभयो । 

साथै चोरले एक थान मोबाइल सेट तथा पाँच हजार भारतीय रुपैयाँसमेत लगेको यादवले बताउनुभयो । यता प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!