मुगुको छात्राहरुमा देखियो यस्तो अनौठो समस्या

Posted on: 25 Aug, 2018

नन्द बहादुर रोकाया | भदौ ९, मुगु | जिल्लाको पश्चिम खत्याड गाउँपालिका वडा नं. ८ मा रहेको सर्वोदय माध्यामिक बिद्यालय सुकाढीकमा अध्यनरत कक्षा ३ देखी कक्षा १० सम्मका छात्राहरुमा ५ महिना यता अनौठो समस्या देखा परेको छ । ५ महिना देखि देखी सर्वोदय माविका अध्यनरत छात्रामा काप्ने, चिच्याउने, रुने, आपसमा लुछालुछ गर्ने, दाँत जोड्ने, टोलाउने लगायतका अनौठो समस्या देखा परेको छ ।  

गएको जेठ महिनाबाट शुरु भएको समस्या अहिलेसम्म बल्झिएको र बिद्यार्थीको पठनपाठनमा समेत समस्या भएको सर्वोदय माध्यामिक बिद्यालय सुकाढीका निमित्त प्रधानध्यापक धनलाल बिकले बताउनुभयो । 

सर्वोदय माविमा अध्यनरत २३ जना छात्रामा  यस्तो अनौठो समस्या देखिएपछी बर्खे बिदा केहि दिन अगाडी गरेका भएपनी छात्राहरु घरमा बसुन्जेल यस्तो समस्या नभएको भएपनी पुन पढाई सञ्चालन गर सगै छात्रामा काप्ने, चिच्याउने, रुने, आपसमा लुछालुछ गर्ने, दाँत जोड्ने, टोलाउने लगायतका समस्या पुन देखिएका निमित्त प्रधानध्यापक बिकको भनाई छ । जिल्ला सदरमुकाम देखी दुई दिन टाँढा रहेको उक्त बिद्यालयमा ५महिनादेखी देखिएको समस्या समाधान नभएपछि गाँउलेहरु भेला भएर स्थानीय धामी झाँक्रीलाई देखाउँदा गाँउ वरपर रहेका भुतप्रेत लागेको र आफुहरुले हटाई दिने भनेका थिए । 

तर समस्या हट्नुको सटा समस्या अझ बढ्दै गएपछि स्थानीय अभिभावकहरु समेत चिन्नति भएका छन ।अभिबावकहरुले  सुकाढीक गाउँमा अवस्थित कनन्दा माईको मन्दिरमा बोकाको बली समेत चढाएपनी समस्या हटेको छैन ।मन्दिरमा बलि चढाउँदापनि अझै समस्या थप बढ्दै गएको शिक्षकहरुले बताएका छन । यस्तो लक्षण विद्यालयको दोस्रो घण्टीपछि शुरु हुने र करिब दुई तीन घण्टा यस्तो समस्या देखिने गरेको छ । बिद्यार्थी सामान्य अवस्थामा आइसकेपछि छात्राहरुलाई सोध पुछ गर्दा आफुहरुलाई केहि थाहा नहुने र बिद्यालयबाट घर गएपछि आफै ठिक हुने गरेको बिद्यार्थीहरुको भनाई छ ।  यस्तो समस्या देखा पर्दापनी  प्राथमिक स्वास्थ्य केन्द्रमा खबर गर्दा लामो समय देखी डाक्डर नभएको र खत्याड गाउँपालिकाले पनि कुनै चासो नदेखाएकोले थप समस्या बढेको बिद्यालयले जनाएको छ । विद्यालयमा चार सय बिध्यार्थी मध्ये दुई सय २० जना छात्रा बिद्यार्थी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!