सोरु गाउँपालीका जाने बाटो अवरुद्ध

Posted on: 25 Aug, 2018

नन्द बहादुर रोकाया | भदौ ९, मुगु | कर्णाली नदिमा पानीको बाहव बढेपछी  सोरु गाउँपालीका जाने बाटो अबरुद्ध भएको छ । छायानाथ रारा नगरपालिका–१४ स्थित फालहाल्नामा कर्णाली नदीमा पानीको बाहव बढी पानीले बाटो थुन्दा सोरुगाउँपालीका लगायत हुम्ला जाने मुख्य बाटो बन्द भएको हो । मूल बाटो थुनिएपछि गमगढी बजारबाट सोरु गाउँपालिका र हुम्ला जाने स्थानीय, व्यापारी र सामान ओसार्ने घोडा, खच्चर रोकिएका छन्। 

कर्णाली नदीले बाटो थुनेपछि आउजाउमा र दैनिक उपभोग्य सामान ओसार्न समस्या भएको स्थानीयकमो भनाई छ । ठूलो वर्षाका कारण कर्णालीको बहाव अत्यधिक बढेपछि बाटो थुनिएको हो । वैकल्पिक बाटो लामो र अप्ठ्यारो भएपछि  स्थानीयलाई आवत जावतमा समस्या आएको  छायाँनाथ रारा नगरपालीका वडा नं १४ का बाँच्या भण्डारीले बताउनुभयो । हरेक वर्षायाममा कर्णाली नदीको बहाव  बढ्ने र सोरु गाउँपालीका लगयात हुम्ला जाने बाटो थुनिने गरेको भएपनी स्थानीय निकाय सरोकारवाला निकायले समस्या समधानका निम्ती कुनै विकल्प नखोजेका स्थानीयको आरोप रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!