जनश्रमदानमा सडक मर्मत अनी कृषि व्यवसायका लागि गाउ पुग्नेलाई स्वागत

Posted on: 20 Sep, 2015

नविन रावत, असोज ३, सल्यान / सल्यानको अग्लो मध्ये स्थानमा पर्ने कुमाखको काखमा पर्ने चिनाली सम्मका लागि ट्याक्सी जाने बाटो मर्मतमा स्थानियबासी आफै लागेका छन । मर्मपरिकाँडा र चाँदेकरेन्जीबासीले चौरजहारीका लागि ढोरचौरबाट नजिक पर्ने गरि सुरुवात गरिएको सडकमा मर्मपरिकाँडाको गुरुदासेसम्म बाटो पुगेकोले आवतजावतमा सहजपुग्ने गर्दछ ।

अरु समयमा सडक सुचारु भएता पनि बर्षायाममा बाटो बन्द हुने गर्दछ । सल्यानको ढोरचौरबाट चौरजहारी पुग्नलाई छोटो बाटो हुने उक्त सडकको स्तर उन्नती र निर्माणलाई सरोकारवाला निकायले ध्यान नदिदा स्थानियबासी आफै जनश्रमदानमा सडक मर्मतमा लागेकाहुन ।

उनिहरुले ५ किलोमिटर बाटो निर्माण गरिसकेका छन भने अव केहि दिनमा बाँकी ४ किलोमिटर बाटो सम्पन्न गरिसक्ने जनाएका छन । दुई गाविसबाट ६०/६० जना गरि जम्मा १२० जनाले जनश्रमदान गरिरहेको चिनालीबाट स्थानिय स्वास्थ्यकर्मी चन्द्र बहादुर रोकाले जनाएका छन ।

आज सडक निर्माणका क्रममा नै उनिहरुले जिल्ला कृषि विकास कार्यालय बाट गएको टोलीलाई स्वागत पनि गरेका छन । मर्मपरिकाँडाको गुरुदासेमा मौरीको सम्भाव्यता अध्ययनका लागि गएको वरिष्ट कृषि विकास अधिकृत टेकप्रसाद लुइटेल सहितको टोलीलाई उनिहरुले स्वागत गरेका हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!