निर्मला पन्तको हत्यारालाई कार्वाहीको माग राख्दै अर्घाखाँचीमा प्रदर्शन

Posted on: 26 Aug, 2018

भदौ १०, अर्घाखाँची | निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा प्रदर्शन भएको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्क शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले  निर्मला पन्त लगायतका घटनामा बलात्कार र हत्या गर्ने अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् ।

स्थानिय सामाजिक अभियन्ता शिव बेल्वासेको संयोजनमा भएको कार्यक्रमका सहभागीहरुले राज्य नै दोशीहरुलाई उम्काउने षड्यन्त्रमा लाग्नु निकै दुखद रहेको बताएका हुन् ।


दोशीको पहिचान गरि कारवाही गर्नुको साटो न्याय माग्दा गोली ठोकेर राज्यले अन्याय गरेको अर्घाखाँचीबासीहरुको ठहर रहेको छ । जस्टीस फर निर्मला लेखिएको ब्यानर सहित स्थानीयहरु आज साझ पाँच बजे सन्धिखर्कमा जम्मा भई प्रदर्शन गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!