नुवाकोटमा पहिरोमा परी बालकको मृत्यु

Posted on: 26 Aug, 2018

भदौ १०, नुवाकोट (रासस) | पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । 

शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आज पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । 

बाख्रा गोठालो गएका अर्पणलाई स्थानीय च्यानडाँडाको खोल्सामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!