राप्तीका क्रान्तिकारी पत्रकारले सम्मेलनको तयारी पुरा गरे

Posted on: 24 Sep, 2015
असोज ७, सल्यान  / क्रान्तिकारी पत्रकार संगठनको राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि राप्ती उपक्षेत्रिय व्युरोले प्रतिनिधि छनौट गरेको छ । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा राप्ती उपक्षेत्रीय व्यूरोका संयोजक डिल्लीराज रावतका अनुसार राप्तीका ५ जिल्लाबाट २० जनाको सहभागिता हुनेछ । सल्यानबाट पवनकुमार वलीको नेतृत्वमा ५ जना, रोल्पाबाट दिपेश विष्टको नेतृत्वमा ५ जना, दाङ्गबाट जानकी दहितको नेतृत्वमा ४ जना, रुकुमबाट सेर बहादुर केसीको नेतृत्वमा ३ जना र प्यूठानबाट हरि भण्डारीको नेतृत्वमा ३ जना प्रतिनिधी छानीएका छन । आगामी असोज ९ र १० गते मकवानपुरको हेटौंडामा हुने सम्मेलनको उद्घाटन नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले गर्ने संगठनका संयोजक प्रभात चलाउने जनाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!