सल्यानमा ३ वटा रात्री बसमा लुटपाट

Posted on: 09 Oct, 2015

प्रेम राज रावत । असोज २२, सल्यान । सल्यानको स्वीकोटमा गएराती ३ वटा गाडिमा सवार यात्रुलाई लुटेराको एक समूहले लुटपात गरेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारीका लागि छुटेका ना ४ ख ५९७, ना ४ ख १३१७ र ना४ ख ८३८६ नं. का गाडिा ८, ९ जनाको समूहमा रहेका लुटेराहरुले राती २ बजेतिर लुटपाट गरेका हुन ।

गाडिमा सवार यात्री र गाडिमालिकसंग रहेको २० लाख रुपैयाँ र ५२ वटा मोवाइल सेट लुटेको अस्थायी प्रहरी चौकी नेटाका प्रहरी सहायक निरिक्षक भिम बहादुर खड्काले जनाएका छन । मुखमा कालो पट्टी बाँधेका लुटेराहरुले प्लाष्टीक जस्तो देखिने पेस्तोल, खुकुरी र लाठी देखाई यात्रुलाई कब्जामा लिई लुटपाट मच्चाएका थिए ।

उनिहरुले सल्यान स्वीकोट ५ टाट्केका ३३ बर्षिय सुकलाल घर्तीलाई ढाडमा खुकुरी प्रहार गरि सख्त घाइते बनाएका छन । उनको रुकुम चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । लुटेरा फरार रहेको र उनको खोजिकार्य भैरहेको छ । खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय रागेचौर, इलाका प्रहरी कार्यालय सल्लीबजार र नेटा प्रहरी चौकी लागि रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि प्रहरी निरिक्षक विनोद खड्काको नेतृत्वमा घटनास्थलतर्फ टोली खटाइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!