हिजोदेखि बेपत्ता किशोरी मृत भेटिइन्, राति १२ बजे साथी र दाजुलाई आएको थियो- संदेश

Posted on: 27 Aug, 2018

भदौ ११, पोखरा । हिंजो आइतबारदेखि बेपत्ता भएकी पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । 

आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत अवस्थामा भेटिएकी हुन् । मृतक लामिछाने छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत थिइन् । 

लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । उनले राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज समेत गरेकि थिइन् । म्यासेज पठाएकी हुनाले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आंकलन गरेको भएपनि घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

साथी र नजिकको दाजुलाई म्यासेज गरेलगत्तै उनी बेपत्ता भएकि थिइन् । फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले त्यसैको आधारमा उनको शव खोजेर निकालेको थियो । 

उनी साथीको घर जान्छु भनेर घरबाट निस्किएको परिवारका सदस्यहरुले जनाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!