प्रदेश ५ मा १० दिन मै ३९ जना पुरुषले दिए सम्वन्ध विच्छेद

Posted on: 27 Aug, 2018

प्रेम सुनार। भदौं–११, बुटवल । मुलुकी संहिता लागु भएको  १० दिन नबित्दै  प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ भने हाल सम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला  रोल्पा र अर्घाखाँची रहेको छ ।

रुपन्देहीमा हिजो सम्म ११ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको जिल्ला अदालतका श्रेस्तेदार संजिव पोखरेलले जानकारी दिए ।  दोश्रो बढि सख्यामा दाङ्ग जिल्ला अदालतमा त्यस्तो मुद्धा परेको छ । हाल सम्म ८ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको  दाङ्ग जिल्ला अदालतका तालुकदार भुपालबहादुर कार्कीले जानकारी दिए ।

नवलपरासी जिल्ला अदालतमा ६ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार खुमबहादुर कार्कीले बताए ।  त्यहाँ तिन जन महिलाले पनि सम्वन्ध विच्छेदको मुद्धा दिएका छन । रुकुममा पनि ६ जना पुरुषले सम्वन्ध पवच्छेदको मुद्धा दिएको  सो अदालतले जनाएको छ ।

गुल्मीमा जिल्ला अदालतमा हिजो सम्म ५ जनाले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए । बाँके जिल्ला अदालतमा ४ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार धनसिंह गिरीले बताए । वर्दिया जिल्ला अदालतमा २ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।

पाल्पा जिल्ला अदालतमा पहिलो दिन नै २ जना पुरुष र  २ जना महिलाले सम्वन्ध विच्छेदको मुद्धा दिएको त्यस पछि नपरेको श्रेस्तेदार सुर्वर्ण  खनालले बताउँ छन ।

कपिलवस्तुमा १ जना मात्रै पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको  का.मु. श्रेस्तेदार लेखनाथ अर्यालले जानकारी दिए ।  ति सवै जोड्दा यस प्रदेशबाट हिजोको मिति सम्म ३९ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!