फलावाङ्गबासिले चन्दा संकलनमा ६ किलोमिटर सडक मर्मत गरे

Posted on: 17 Oct, 2015

असोज ३०, सल्यान । जिल्लाभरी राजनीतीक भाग वण्डा गरीकन बर्षायाममा विग्रिएको बाटो मर्मत भैरहेका वेला फलावाङ्गाका स्थानियवासीले आफै चन्दा संकलन गरेर बाटो मर्मत गरेका छन ।

उनिहरुले स्वइच्छिक चन्दा संकलन गरी त्रिवेणीको लुहामबाट फलावाङ्ग सम्मको ६ किलोमिटर मोटरबाटो मर्मत गरेका हुन । राजनीतिक दलको हालिमुहाली भएको जिविसले दलका कार्यकर्तालाई पर्ने गरि जिल्लाका विभिन्न ठाँउमा सडक मर्मत भन्दै रकम वितरण गर्दा पनि ति सडक नाम मात्रैका मर्मत भएका छन तर फलावाङ्गका वासिन्दाले आफै सडक मर्मत गरी दशै तिहारमा गाडीमा हिड्नसक्ने बाटो बनाएको स्थानिय शरद शर्माले जनाएका छन ।

केहिदिन अघि मर्मपरिकाँडा र चाँदे करेन्जीका बासिन्दाले सिद्धेश्वरीको ढोरचौर देखि चिनाली हुदै चौरजहारी जोड्ने सडक खण्डको गुरुदासेसम्म जनश्रमदान गरी गाडि संचालनमा ल्याएका थिए ।

स्थानियले प्रतिपरिवार २ दिन ढोरचौर देखि गुरुदासेसम्मको मोटरबाटो जनश्रमदान गरी संचालनमा ल्याएका थिए । खलंगामा चौरजहारी जानलाई झण्डै आधा भन्दा फरक पर्ने सडकको गुरुदासेबाट स्वीकोटको रुमालगाँउ सम्म मात्र बाँकी रहेको छ ।

यो सडक संचालन हुन सके सल्यानको उत्तरी पश्चिममा चाँदे, मुलखोला, मर्म, कालागाँउ, जिमाली, स्वीकोट, बामे र रुकुम चौरजहारी तथा जाजरकोट जानलाई सजिलो हुने थियो यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

बरु राजनीतिक दलहरु आफ्ना कार्यकर्ताले संचालनमा ल्याएका डोजहरुलाई काम गराउन रकम बाँडिरहेका छन । यतातिर सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!