चौरजहारी नगरमा सहकारी विधेयकका सुझाव संकलन

Posted on: 27 Aug, 2018

ज्ञानु गौतम | भदौ ११, रुकुम | कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिद्धारा चौरजहारी नगरपालीकामा आज सरोकारवाला विचमा विधेयक निमार्णका लागी सुझाव संकलन गरिएको छ। सुझाव संकलन कार्यक्रममा सहभागी सहकारी कर्मीहरुले  विद्यालयमा सहकारी शिक्षालाई अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् । 

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको आयोजना तथा  भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वय र युएनडिपिको सहर्कायमा कर्णाली प्रदेशको सहकारी विधेयक २०७५को लागी जिल्लामा पुगेर सरोकारवालाको सुझाव लिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।  


कर्णाली प्रदेशमा सहकारी विधेयक निमार्णका लागी  पहिलो पटक सुझाव संकलन गरिएको छ । पाँच वटा जिल्लाका सहभागीहरुलाई पाँच समुहमा विभाजन गरी सुझाब संकलन गरीएको  छ । समुह गृहकार्य गरेर प्रत्येक समुहका तर्फवाट सुझाव प्रस्तुत गर्न समुह विभाजन गरिएको समितिका सदस्य सांसद शुशिल कुमार थापाले वताउनुभयो । सहभागीहरुका विचमा सहकारी विज्ञ सुर्दशन ढकालले विधेयकलाई सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा प्रदेश सभाका सांसदहरु राजु नेपाली, गोपाल शर्मा, शुशिलकुमार थापा, पदमा खड्का, देवि वलि,यज्ञ वहादुर विसी र कौशिल्यवति खत्रीको सहभागीता रहेको थियो । कार्यक्रममा  चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले चौरजहारी ठुलो संख्यामा सांसदहरु आएर स्वागतगर्ने अबसर दिएकोमा धन्यबाद दिनु भएको थियो । कार्यक्रम चौरजहारी नगरपालिकाको सभाहलमा भएको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!