पहिला नगरपालिका चाहियो, अहिले थारमारेमा नै चाहियो रे थारमारेबासीलाई

Posted on: 19 Oct, 2015

प्रगति गिरी/कात्तिक २, सल्यान । सल्यान थारमारेका बासिन्दाले भखैरै घोषणा भएको बग्चौर नगरपालिकाको विषयमा विभिन्न मागहरु राखि आन्दोलनमा गतिविधि संचालन गरेका छन ।

थारमारेबासीले नगरपालिकाको नाम बाग्चौर हुन नहुने, पहिलाको थारमारे गाविसको कार्यालयमा नगरपालिकाकोे कार्यालय हुनुपर्ने लगायतका मागहरु राखि आन्दोलित बनेका हुन ।

थारमारे र बाग्चौरका बासिन्दाविच विभिन्न समयमा विवाद हुदै आएको छ । केहि दिन अगाडि बाग्चौरमा कार्यालय रहने गरि नगरपालिका घोषणा भए देखि थारमारेका बासिन्दा आन्दोलनमा छन ।

बाग्चौर नगरपालिका स्थापना भई काम थालिसक्दा पनि थारमारेबासिले चरणवद्ध आन्दोलन चलाइरहेका छन । यसबारेमा दशैपछि पछि उनिहरुले कार्तिक १३ गते प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सरोकारवाला सबै बाग्चौरमा नै बसी यसबारे छलफल गर्ने गरि निर्णय पनि गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!