कञ्चनपुर घटना: अर्का एक निर्दोष युवालाई प्रहरीले ११ दिनसम्म थुनेको खुलाशा

Posted on: 28 Aug, 2018

भदौ १२, काठमाडौँ | कंचनपुर घटनामा वास्तविक दोषीलाई लुकाउन निर्दोष व्यक्तिहरुलाई दु:ख दिएको आरोप लाग्दै गर्दा अर्को गोप्य बिषय बाहिर आएको छ । 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पक्राउ गरेर ११ दिनसम्म थुनेको खुलाशा भएको हो ।

११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू हुन् । जुन कुरा प्रहरीले गोप्य राखेको थियो । घटनाको वास्तविकतालाई मोड्न निर्दोष पक्राउ गरिएको बताइएको छ । कंचनपुर घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगीलाई पक्राउ गरेको थियो । मानसिक सन्तुलन ठीक नभएका जीवन घर्तीमगरलाई घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखेको बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टले बताएका छन् । शिक्षक भट्टले ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई आग्रह गरेका थिए । तर, अर्को दिन तिनै व्यक्तिलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेर लगेको थियो ।

त्यस्तै अर्का व्यक्ति दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको बताइएको छ । 

प्रहरीले दीपक नेगीलाई पक्राउ गर्नुको कारण के छ भने उनैले सबैभन्दा पहिला निर्मलाको शव देखेका थिए । प्रहरीले शव देखेकै आधारमा ‘तैले कसरी थाहा पाइस् ?’ भन्दै दिपकलाई पक्राउ गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!