शुभकामना आदान प्रदान भैरहेछन

Posted on: 19 Oct, 2015

कात्तिक २, सल्यान । दशै तिहार नजिकिदै गर्दा चाडबाडको अवसरमा सल्यानका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु भैरहेकाछन ।

कतै मेलाहरुमा साँस्कृतिक कार्यक्रम त कतैका मेलाहरुमा शुभकामना आदान प्रदान भैरहेका छन । गाँउका मुख्य ठाँउहरुमा मेलालाग्नु त परम्परागत कुरा हो तर परम्परागत कुरालाई निरन्तरता दिदै अहिले शुभकामना आदान प्रदानका कार्यक्रमहरु पनि गर्ने गरिन्छ ।

सोहि क्रममा आज बांगेलाखुरीमा रहेको प्रहरी चौकीले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । प्रहरी सहायक निरिक्षक मदन सिंह धामीको पहलमा भएको कार्यक्रममा बाँगेलाखुरीका स्थानियबासीको सहभागिता रहेको पत्रकार समिर श्री ले जनाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!