महोत्तरीको सदरमुकामबाट १४ वर्षीय बालक बेपत्ता

Posted on: 28 Aug, 2018

भदौ १२, गौशाला | विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका–९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि आइरहेका बेला बेपत्ता भएका हुन् । 

बेपत्ता विद्यार्थीको खोजीका लागि विशेष अभियान चालेको तथा उनको खोजतलाश व्यापक रुपमा भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!