हिल्साले काठमाडौं रुटमा बस सञ्चालन गर्ने

Posted on: 28 Aug, 2018

भदौ १२, सुर्खेत | हिल्सा पब्लिक यातायात प्रा.लि.ले आजदेखी काठमाडौं रुटमा रात्रीकालिन सेवा शुरु गर्ने भएको छ । सुविधा सम्पन्न बसहरु भित्र्याएको प्रा.लि.ले आज (बुधबार) देखी नियमित रुपमा सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत बस सेवा शुरु गर्न लागेको हो ।

प्रदेशकै युरो तीन एयर हिल्सा बसबाट काठमाडौं सेवा सञ्चालन गर्न लागेको प्रा.लि.का अध्यक्ष नयानन्द आचार्यले जानकारी दिए । उनले यात्रुहरुको मागलाई मध्यनजर गर्दै सुर्खेत काठमाडौं नियमित बस सेवा शुरु गर्न लागेको बताए । बसमा यात्रुका लागि डिफ्रिज, फ्रि–वाईफाई, सिसि क्यामरा, हिटर, कुलर, युएसबी चार्जर र यात्रु सिटमा सिट बेल्डको व्यवस्था गरिएको आचार्यको भनाई छ । सुर्खेत र काठमाडौंबाट दैनिक साँझ ५ बस छुट्नेछ ।

प्रा.लि.ले प्रतियात्रु भाडा एक हजार पाँचसय मात्रै कायम गरेको छ । एयर हिल्सा नाम दिइएको बस प्रा.लि.ले ८६ लाख मुल्यमा सुर्खेत भित्र्याएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!