मुर्तिलेखे ढुङ्गालाई संरक्षण गर्न फलाँटेबासीद्वारा मन्दिर निर्माण, मन्दिरको उद्घाटन शनिबार हुने

Posted on: 04 Dec, 2015
डिल्लीराज रावत, मंसिर १८, सल्यान / सिद्धेश्वरी सल्यानको मध्यभागमा पर्ने कुमाखको फेदीमा रहेको गाँउ हो । कुमाखको पहिचान संग जोडिएको सिद्धेश्वरीमा विभिन्न धार्मिक गुफा तथा मुर्तिहरु रहेका छन । सोहि अन्तरगत परापुर्वकाल देखि सिद्धेश्वरीको फलाँटेमा रहेको मुर्तिलेखे ढुङ्गालाई स्थानियबासीले व्यवस्थापन गरेका छन । सिद्धेश्वरीको वडा नं. ७ फलाँटेमा रहेको उक्त ढुङ्गामा रहेको मुर्ति बर्षेनी वरपर सर्ने स्थानियबासि हरि बहादुर रेउलेले बताएका छन । [caption id="attachment_116" align="alignleft" width="300"]Exif_JPEG_420 Exif_JPEG_420[/caption] हाल स्थानियबासीले मुर्तिलेखे ढुङ्गाको संरक्षणका लागि वरिपरि गाह्रो बनाई संरक्षण गरेका छन भने उक्त ढुङ्गाको परिसरमा पर्खाल लगाई विचमा मन्दिर निर्माण गरेका छन । स्थानियको ठुलो जनश्रमदानमा उक्त मन्दिरको निर्माण गरिएको छ । उनिहरुले अमृत रेउलेको अध्यक्षतामा मूर्तिलेखे सिद्धगुफा पर्यटकिय तथा साँस्कृतिक संरक्षण समूह समेत गठन गरि मन्दिरको प्रचार प्रसार र व्यवस्थापनमा लागेको बताउछन । ३ लाख बरारको स्थानियवासीको श्रमदान, यूवा तथा वृद्धल छुट्टाछुट्टै खेलेको भैलोको ४४ हजार आठ सय र स्थानियबासीबाट संकलित चन्दा सहयोग ९ हजार ३ सय १० बाट उक्त मन्दिर निर्माण गरिएको हो । उनिहरुले शनिबार एक औपचारीक कार्यक्रम गरि मन्दिरको उद्घाटन गर्ने जनाएका छन । मन्दिरको लागि आवश्यक अन्य मुर्ति र घण्टका लागि स्थानिय सर्वव्यापी यूवा समूहले सहयोग गर्ने संरक्षण समूहका सदस्य समेत रहेका हरि बहादुर रेउलेले जानकारी दिएका छन । कुमाख आफै साँस्कृतिक तथा पर्यटकिय महत्वको स्थान हो र यसको फेदीमा धार्मिक रुपमा महत्व बोकेका विभिन्न गुफा तथा मुर्तिहरु पाइन्छन । त्यस्तै गरि सिद्धेश्वरीमा यस्ता पर्यटकिय स्थानहरु रहेका छन । तिनिहरुको पहिचानका लागि स्थानिय स्तरबाट गरिने यस्ता गतिविधिले जिल्लामा हुने गरेका पयटकिय तथा धार्मिक संघ संस्थालाई छुन जरुरी छ । क्याप्सनः स्थानियले बनाइएको मन्दिर

यस बिषयमा तपाइको प्रतिक्रिया...!