रेडियो तहल्काले अनलाइनबाट समाचार अपडेट गर्ने

Posted on: 07 Dec, 2015

मंसिर २१, सल्यान । सल्यानमा संचारको क्षेत्रमा काम गर्नलाई स्थापित भएको उज्यालो संचार केन्द्रले समाचार प्रकाशन हुने गरी अनलाईन पत्रिका संचालनमा ल्याएको छ । सल्यानको खलंगामा गत चैत्र २१ देखि रेडियो तहल्का संचालनमा ल्याएको संचारकेन्द्रले विद्युतिय अनलाइन पत्रिका संचालनमा ल्याएको हो ।

अनलाइन तहल्का डट कमका नामले संचालनमा ल्याएको अनलाइनमा स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय, खेलकुद, मनोरन्जन, विविध, विचार जस्ता सामाग्री राख्नेगरि बनाएको अनलाइनमा एकैचोटी हजारौंले सुन्न मिल्नेगरी रेडियो तहल्का पनि बज्नेछ ।

उक्त अनलाइनमा सल्यानका विभिन्न चिनारिलाई पनि राखिनेछ र रेडियो तहल्काबाट प्रशारण भएका सामाग्रीहरु पनि राखिनेछ । अव मन लागेका कार्यक्रमहरु सुन्न नपाउका स्रोताले उक्त अनलाइनमा गएर आफुले चाहेको बेला सुन्न पाउने भएका छन ।

आफ्ना अनलाइनका स्रोतालाई ध्यानमा राखि यो संचालनमा ल्याएको उज्यालो संचार केन्द्रका अध्यक्ष एवम् रेडियो तहल्काका स्टेशन मेनेजर डिल्लीराज रावतले जानकारी दिएका छन । सल्यानमा रहेर संचार सम्बधि गतिविधि गरिरहेको उज्यालो संचारकेन्द्रले यसको आधिकारीक उद्घाटन विशेष कार्यक्रमको आयोजना गरेर गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!