सुस्तामा शिक्षिका र अनमीमाथि भारतीय सुरक्षाबलको दुर्व्यवहार

Posted on: 29 Aug, 2018

श्याम थापा | भाद्र १३, सुस्ता | पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मीद्वारा सुस्तामा रहेको जनता दलित प्रा बि मा अध्यापन गराउने शिक्षिका सालु पन्जियार र स्वास्थ्य चौकी इकाई सुस्ताका अनमी बिमला थापालाई दुर्व्यवहार गरेका छन् | भारतीय सशस्त्र सिमा बल बिओपी चकदहवा बिहार एसएसबीका इनेस्पकटर रबिन्द्र कुमारको नेतृत्वमा विवादित जग्गामा आएको गस्ती टोलिले अभद्र व्यवहार गरेको शिक्षिका सालु पन्जियारले बताउनुभयो । 

पन्जियार जनता दलित प्रा बि सुस्ताका शिक्षिका हुन र थापा भने स्वास्थ्य चौकी इकाई सुस्ताका अनमी हुन | दुबै आफ्नो कार्य स्थलबाट घर फर्कने क्रममा भारत बिहारको चक्दहवाको बाटो प्रयोग गरि आउने क्रममा उनीहरुले पन्जियार र थापालाई रोकेर अस्लिल शब्दमा गाली र अभद्र व्यवहार गरेको हो ।

सुस्तामा काम गर्ने कर्मचारी लगायत सुस्ताबासीहरुले नारायणी नदिबाट डुङ्गाको प्रयोग गरि र भारत बिहारको चक्दहवा भन्ने ठाउँ गरि दुई वटा मात्र बाटोको प्रयोग गरेर नेपालतर्फ आउने बाध्यता रहेको छ । 

आफ्नो बिद्यालयका शिक्षिका माथि दुव्र्यवहार भएको भन्दै दलित जनता प्रा बिका प्र अ  उदय रुचाल मगरले दुख प्रकट गर्नुको साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै स्वास्थ्य चौकी इकाई सुस्ताका अनमीको माथि दुव्र्यवहार भएको भन्दै स्वास्थ्य शाखा कार्यालय कुडियाका प्रमुख ऋषिराज काफ्ले पनि दुख प्रकट गर्नु भएको छ ।

सुस्ताबासीहरु र सुस्तामा काम गर्ने कर्मचारीहरुलाई भारतीय सशस्त्र सिमा बलले पटक पटक यसरी नै दुव्र्यवहार गर्ने गरेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!