‘कमाउने म नै थला परेपछि के गरुँ ? –छोरी मरे मरोस्’

Posted on: 29 Aug, 2018

प्रेम सुनार | भदौ १३, बुटवल | नियतिको बज्रपात पनि कस्तो  हो ? जहाँ जहाँ घाउँ उहि चोट । विपन्न परिवारको घरमा एक जना सामन्य विरामी हुँदा त कति अकलगुम पर्छन भने झन त्यस्तै परिवारमा तिन जना सदस्य थला पर्दा अवस्था कति कारुणीक होला ?

घरमा चरम गरिवी छ । दैनिक मजुरी गरेर पाल्ने बाबु नै दुर्घनामा परी उपचार गर्ने पैसा नभएर घर मै थातै विशास थला परेका छन । उनैकी आमा लडेर सात वटा करङ्ग भाँचिएर लडेकी छन । अर्की १४  बर्षिया छोरी पनि लडेर खुट्टा भाँचिएर लडेकी छन ।

यस्तो विजोग  गुल्मीको सदरमुकाम नजिकै रेसुङ्गा नगरपालिा वडा नम्वर १२ उर्लेनी गाउँका ४६ बर्षिय मुमबहादुर बिकको घरमा हो ।  पाल्पा प्रभास अस्पतालमा खुट्टा भाँचिएकी छोरीलाई  उपचार गराउँदै थिए उनले ।

त्यति नै बेला घरमा श्रीमति सुत्केरी भईन । ६ छोरी र मध्ये एक मात्र छोराको आज भन्दा ४ बर्ष अघि दुबै किड्नी फेल भई उपचार गर्न नसकेर मृत्यु भएको थियो । छोरा गुमाएको पिडमा श्रीमतिले अर्को छोराको जन्म दिदा  छोरीले खुट्टा भाँचे पनि निकै खुशी हुँदै घर आए उनि ।

असार ७ गतेका दिन सदरमुकाम तम्घासबाट दुई दिन पछि हुन गई रहेको न्वारन गर्ने सर समान किनेर ट्याक्टरमा राखेर घरै माथी आएर समानाहरु ऋनलोड गरेका उनि घर झर्नु पर्नेमा फेरी एउटी छोरी ट्याक्टरमा चढ्न थाले पछि ल्ड्ले भनेर लिन जाँदा ट्याक्टर गर्लाम्गुर्लुम्मै तल खस्यो ।

ड्राईभवर हाम फाले जोगिए उनि गम्भीर घाईते भए । उक्त ट्याक्टर थियो त्यसै वडाका वडाध्यक्ष कुलबहादुर टण्डनको ।  उनी निर्माण ब्यबसायी पनि हुन । उनैले तम्घास बजारमा ठेक्का लिएको घर निर्माण कार्य दिनैभर गरेर बिक उनको ट्याक्टरमा  साँझ घर फर्किएका थिए ।

थप विपद निम्ताउनुमा वडाध्यक्षको हेलचाँक्राई

ट्याक्टर दुर्घटनन भई सके पछि र मानिस समेत घाईते भई सके पछि उनि जस्ता जिम्मेवार जनप्रतिनिधीले प्रहरी बोलाएर मुचुल्का उठाउनु पर्नेमा त्यसो नगरी अस्पताल पठाए । जिल्ला अस्पताल ल्याईएका उनलाई त्यहाँ उपचार नभए पछि पाल्पा पठाईयो । उनले जम्मा पाँच हजार मात्रै दिएर पठाएका थिए । पाल्पा प्रभासमा पनि उनको उपचार सम्भव भएन ।

उनलाई भरतपुर पुराईयो ।  उनलाई त्यस अस्पतालमा लगेर जाने उनका आफन्त बिष्णुबहादुर बिश्वकर्मा भन्छन भरतपुरमा लैजाँदा भर्ना गर्ने पैसा नभए पछि अस्पतालले मानेन । पछि  वडाध्यक्षलाई फोन गरे पछि बल्ल भर्ना गरिएको हो । एक महिना त्यहाँ बसेर फर्किएको बिकको खासै उपचार राम्रो हुन सकेन । हात खुट्टा शरिर केहि चल्दैन । पाईपको माध्यबाट दिशा पिसाव गराईन्छ । पछाडी ढाडमा लागेको घाउ पाकेर बेहाल छ ।

बाकी उपचारमा पन्छिने प्रयास

बिक गहभरी आँशु पार्दै भन्छन–‘ अँस्ती एक दिन वडाध्यक्ष आउनु भएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो मैले गर्न सक्ने सम्मको उपचार गरे क्यारे अब के गरुँ त ? ’ भन्नु भयो , मेरो साथमा सुको छैन । एक महिना पछि बोलाएको हो,  त्यहाँ पुगेर भर्ना हु  मात्रै २० हजार लाग्छ ।  त्यसैले यहि कुहेर बसेको छु ।

तिन जना त थला परेकै छन । त्यस माथी केहि दिन अघि अर्की छोरी सिकस्त परिन । बिक  भक्कानिदै भन्छन –‘ उपाय नलागे पछि  के मरौं ? कमाएर छोरा छोरीको हेर बिचार गर्ने म आफै नै थला परेको छु भने , हुन्देओ, छोरी मरे मरोस भने । अँस्तीबाट भने हेरखोरा गरेर आँखा खोलेकी छ ।

तल भुईमा खुट्टा भाँचिएर गुहारको मुद्रमा टिलपिल आँशु परेकी १४ वर्षिया छोरी सुनिता म आफुलाई भन्दा पनि हामीलाई काम गरे पाल्ने बाबुको उपचार गर्न कसैले सहयोग गरी दिए आफ्नो आत्माले सबैलाई आशिस दिने बताउँ छिन । उनले भक्कानो छाड्दै भनिन दुई दुई पटक लडे खुट्टा भाँचिदा स्कुल जान छाँडे ।

धेरै पढ्ने मन थियो कक्षा सात भन्दा माथी जान नसक्ने भएँ । उनी वहिनी दिदी संगै रुदै भनिन–‘ बाबाको अवस्था त्यस्तो भए पछि कक्षा ६ मा पढ्दै गरेकी मैले पनि स्कलुल छाडे । पढ्न त त्यस्तै भयो खाने खर्च समेत घरमा छैन । मेरो बुवालाई बचाई दिनुस न मैले नपढे पनि उहाँ बाचे हामीलाई सबै पुग्थ्यो ।

करङ्ग भाँचिएर लडेकी मुमबहादुरकी आमा पनि आफु मर्नु भन्दा छोरा बाँधे धन्य हुने  विलौना गर्छिन । मुमबहादुरका  बाबु पनि बृद्ध  बिरामी छन ।  त्यो घरमा ति तिन जना विरामी नपरेको भए औषधी उपचार गर्न लैजानु पर्ने तिनै बाबु थिए । चकमग्न छ घर । स्यहार सुसार र सुत्केरी पोषणको अभावमा उनकी श्रीमति सुनिएर बेहाल छन ।

कहाँ गए चुनाव ताका चामल बाड्नेहरु ? 

यस्तो विपदमा परी रहेको त्यो परिवारमा यो समाचारदाता नपुग्ने दिन अघि सम्म कुनै राजनैतिक दलका नेता कार्यकर्ता फर्केर नआएको त्यस परिवारको दुखेसो छ ।  थिएनन । त्यस गाउँ दलित समुदायको बाहुल्य भएको ठाउँ हो ।

जहाँ चुनात ताका भोटका लागि चामलका बोरा , मासुका थैला र ढोल ढोलमा घरेलु मदिरा देखि शिल्ड प्याक समेत पुराईएको र त्यस क्रममा एक देखि अर्को राजनैतिक दलले समातेका घटना पनि छन । तर अहिले त्यही गाउँमा त्यति ठुलो विपदमा परेको परिवारमा कहाँ गए ति चुनाव ताका चामल बाँड्नेहरु  ?  अलिकती पनि छ मानवियाता र नैतिकता ? भनेर प्रश्न उठाउँ छन सर्वसाधरणहरु ।

मुचुल्का त पछि उठाएको होः वडाध्यक्ष

त्यो परिवारको विपदको रिर्पोटिङ्ग संगै वडाध्यक्ष टण्डनलाई फोन सम्पर्क राख्दा उनले आफु विवाह पार्टीमा भएको प्रतिकृया दिए । दोश्रो दिन सम्पर्क राखेर के कारणले ब्यक्ति यसरी जिवन मरणको दोसाँधमा पर्ने गरी तपाईको ड्राईभरले ट्याक्टर दुर्घना गराउँदा प्रहरी बोलाएर मुचुल्का उठाउनु भएन ? भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो–‘ त्यति बेला त सामान्य जस्तै लागेर त्यो गरिएन तर पछि प्रहरीको मुचुल्का उठाईएको छ ।

पछि नै सहि , मुचुल्का उठाईएको पक्कै हो ? भन्ने अर्को प्रश्नमा उनले भने उठाईया होला ।   खै ड्राईभर ?  उसलाई बचाउनका लागि भगाउनु भो भन्ने गाउँवासीको आरोप छ नि  ? भन्ने प्रश्नमा उनले भने उ फोक्सीङ्ग तिरको हो , आफै गयो ।  ति थला परेका बिकलाई थप उपचारको जिम्मा तपाईले नल्याएर कसले ल्याउने ? देख्नु भएको छ उनको अवस्था कस्तो छ ? भन्ने प्रश्नमा उनले भने किन नदेख्ने हो अँस्ती पनि गएर हेरेको हुँ  ।

उनिहरुको घरमा अन्नको गेडो छैन । चुनाव ताका त विभिन्न राजनैतिक दल चामल , रक्सी र मासु बाँड्दैमा समातिएका थिए नि । यस्तो बेला उनिहरुलाई एक बोरा चामल लैजाउ खाउ भन्नु भयो ? भन्ने अर्को प्रश्नमा उनले भने चुनाव ताका खै हामीले बाँडेनौ क्यारे कसले बाँढे कुन्नी ।   अहिले उनिहरुको राशनपानीको ख्याल भने गरिएन ।

स्थानियको सवाल यस्तो छ

विपदमा परेका नागरिकहरुको उद्धारमा वडाध्यक्ष टण्डनको ट्याक्टर दुर्घटना नभई अरु कै भए पनि वडा सरकारको हैसियतले लाग्नु पर्ने हो । वडा कार्यालयबाट हुने सहयोग देखि नगरपालिकामा सिफारिस गरेर पनि त्यो परिवारको उद्धार गर्न जरुरी थियो ।  नगरप्रमुख डिल्लीराज भुसाल समेत पुग्नु पर्दथ्यो ।

एकै घरमा चार जना नागरिक थला पर्नु र उपचार पाउन नसकेर मृत्युको दुहाई माग्नु कम गम्भीर विषय होईन । हिजो चुनाव ताका कोही  खर्चको अभावमा कोही उपचार नपाएर मर्न पर्ने छैन भनेर भाषण फलाक्ने उनै मेयरको पार्टी पुर्व एमाले, पुर्व माओवादी र कांग्रेसजनहरु प्नि थिए ।

अहिले त्यस्तै प्रलोभनहरु देखाएर चुनाव जित्दै सरकारमा पुगेको नेकपाहरुले त्यसरी विपदमा परेका जनतालाई हेर्न पर्ने कि नपर्ने ?  यो समाचारदाताले रिर्पोटिङ्ग गर्दा पुरै परिवार र छिमेकीहरुमा रुवावासी सुरु भयो । बिक परिवारका छोरीहरुले खाने खर्च छैन भन्न साथ उर्लेनीका समाज सेवीहरु खेतबहादुर टण्डन, ओमबहादुर टण्डन, गिरीप्रसाद महाकिम , गंगादेबि बस्नेतले त्यो परिवारलाई एक एक बोरा चामल तेल चिनी लगायतको खाद्यन्न दिने घोषणा गरे । 

३ हजारका दरले नगद पनि दिने बताए । महिला बस्नेतले १० हजार दिने घोषणा समेत गरिन ।  उनिहरु सवै हिजो देखि चन्दा संकलन अभियानमा लागेका छन । त्यस परिवारका तिन जना मध्ये दुई जनाको उपचा आफुहरुले चन्दा उठाएर गर्ने र ट्याक्टरबाट घाईतृ बिकको उपचारको जिम्मा वडाध्यक्षले नै लिनु पर्ने , त्यसरी पन्छिन नपाईने उनिहरुको भनाई छ । वडाध्यक्षले  यो समाचार लेख्दा लेख्दै फोन गरेपछि बसेरै छलफल गर्ने बताएका छन् ।  

तस्वीरः थला परेका त्यस परिवारका ति जिनै जना । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!