घरभित्र मोटरसाईकल पस्दा एक घाईते

Posted on: 29 Aug, 2018

चिसाङ शेर्पा | भदौ १३, खोटाङ | खोटाङमा मोटरसाईकल अनियन्त्रित भई ठक्कर दिंदा एकजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा निजी प्लेटको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पसेर ठक्कर दिंदा दिक्तेल हाटडाँडाका स्थानिय किसन राई घाईते भएका हुन् ।

खाल्लेका मोटरसाईकल चालक शंकर कट्वालले हाटडाँडाबाट बालबच्चा लिएर बोर्डिङ लैजाने क्रममा मोटसाईकल अनियन्त्रित भएपछि घाईते राईको घरभीत्र पसेर ठक्कर दिंदा देव्रे खुट्टामा गम्भीर चोट लागेको छ । भने, मोटरसाईकलमा चडेका दुईजना बालबच्चा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाईकल अनियन्त्रित भएपछि केही व्यक्तिको घरको ढोका र पार्किङमा राखेको दुईवटा मोटरसाईकलमा क्षति पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल हाटडाँडा भानुचोक नजिकै केहीबेर फिल्मी शैलीमा जताततै गुडेको थियो । 

देव्रे खुट्टामा चोट लागेका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाण्डौं रेफर गरिएको स्थानीय प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाईकल चालक कट्वाल र मोटरसाईकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक मनोज यादवले जानकारी दिए । मोटरसाईकल चालकसँग लाइसेन्स समेत नभएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!