आफ्नै बाबुद्वारा १२ बर्षिया बालिका छोरी बलात्कृत

Posted on: 30 Aug, 2018

प्रेम सुनार | भदौ १४, बुटवल | म्याग्दीमा एक बाबुले आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गरेका छन् ।  जिल्लाको मालिका गाउँपालिका–५ देवीस्थानका ५३ बर्षिय बाबु  दानवबहादुर  (नाम परिवर्तन) ले आफ्नी १२ वर्षीया बालिका  छोरीलाई बलात्कार गरेका हुन । 

शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको म्याग्दीका  प्रहरी प्रमुख डिएसपी  वीरबहादुर बुढाले जानकारी दिए ।  निजलाई पक्राउ गरी अनुसान्धान भईरहेका डिएसपी बुडाले बताए  । 

उनकी आमाले उजुरी दिएपछि र्इलाका प्रहरी कार्यालय दरवाङको प्रहरीले बिक थरका ति आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!