कृषि जेटीए र भेण्टनरी जेटीएको परीक्षामा पैसाको चलखेल, परीक्षानै नदिएको विद्यार्थी पास !

Posted on: 30 Aug, 2018

टेकेन्द्र बोहरा | भदौ १४, बझाङ | कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परीक्षमा पैशाको चलखेल भएको एक गोप्य स्रोतले बताएको छ । प्रवेश परिक्षा पैसाको चलखेल भएपछी परीक्षानै नदीएका विद्यार्थी पास भएका छन । 

बझाङको जयपृथ्वी नगरापालीका वडा नँ ९ देवलमा रहेको जालपा माध्यामिक बिध्यालय रिठापाटा देवमा कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परिक्षमा पैसाको चलखेल भएको तथ्य वाहिर आएको छ ।

विद्यालयले  प्रकाशित गरेको नतिजामा चलखेल गरेको भन्दै परिक्षमा अनुतिर्ण भएका विद्यार्थीहरुमा चिन्ता छाएको छ ।

एक गोप्य स्रोतका उत्त बिध्यालयका ब्यावस्थापन समितीका अध्यक्ष गोकर्ण कुमार बम सँङग  रेडियो जनमुखी एफएमको आज आजका कुरामा फोन मार्फत कुरा गर्न खोज्दा पटकपटक फोन गर्दा फोन काटेका थिए । 

यसैबिच केही दिन अगाडी जालपा माबि देवलमा बिगतमा  विद्यार्थी भर्ना प्रकृयामा गरेको अनियमितता बारेमा सँयुक्त रुपमा विद्यार्थी नेता तथा अनेरास्वभियु क्रान्तिकारीका जिल्ला अध्यक्ष रामचन्द्र रोकाया, अनेरास्ववियुका जिल्ला सचिव प्रविन धामिको नेतृत्वमा ज्ञापन पत्र समेत बझाएको थिए ।

विद्यार्थीको टोलिले बुझायको ज्ञापनपत्रमा निस्पक्ष, मर्यादित र क्षमतावान विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनहुन अनुरोध गरेपनी विद्यालयले पैसाको चलखेल गरेको तथ्य खुलेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!