यसरी पलाउँदै छ सुक्न थालेको सदरमुकाम तम्घास

Posted on: 30 Aug, 2018

प्रेम सुनार | भदौ–१४, बुटवल। पहिलो कुरा त गत वर्षको वजेट भाषणमा मदन भण्डारी लोक मार्ग  जस्तो राष्ट्रिय गौरवको योजना पारियो र रकम विनियज पनि भयो । जसले  सवै गुल्मेलीहरु हर्षित हुनु पर्ने देखिन्छ । पुर्वी झापा देखि सुदर पश्चिमाञ्चलका मानिसहरु यहि गुल्मीको रिडी तम्घास हुँदै आवत जावत गर्ने छन ।


अर्को कालिगण्डकी कोरिडोर सम्पन्न भई सके पछि उत्तर चिन देखि दक्षिण भारत सम्मका मानिसहरुको पनि त्यतिकै आवत जावत बढ्ने छ । केहि दिन अघि गुल्मी आएका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भन्दै थिए मदन भण्डारी लोकमार्ग योजना पार्नका लागि आफुसहित अर्का मन्त्री गोकण विष्टको समेत त्यति नै पहल रह्यो ।

हामी झिना–मसिना योजनामा भन्दा पनि दिगो विकास र जनतालाई प्रत्यक्ष समृद्धिको दिशामा डोराउने खालका ठुला र  महत्काँक्षी योजनाहरुमा हात हाल्दै छौं । जसले केहि वर्ष भित्रैमा गुल्मेली जनताको मुहार फेर्न सकोस् । 

मन्त्री ज्ञवालीका अनुसार अर्को दिगो विकास  जन समृद्धिको तेश्रो विकास हुँदै छ रेसुङ्गा विमान स्थलमा परिक्षण उडानको आफै उद्घाटन गर्न आएका ज्ञवाली अब त्यस विमान स्थलमा नियमित उडानका लागि काम धमाधम सुरु हुने बताएका थिए ।

उक्त विमान स्थल नियमति हुन साथ सिमिचौमा वजारीकरण सुरु हुने छ । यता सदरमुकाममा पनि मानिसहरुको चहल पहल बढ्ने  छ । मन्त्री ज्ञवालीले रेसुङ्गामा  केवुलकार सञ्चालनका  लागि पनि अध्यान र परामर्श सुरु गरी सकेका छन । चन्द्रगिरी केवलकारका सञ्चालक चन्द्र ढकाललाई उनले त्यसका लागि संगै लिएर आएका थिए ।

स्थानियले साझा सोच राखेर  तल स्टेशनका लागि जग्गा उपल्ब्ध गराए रेसुङ्गामा केवुलकारको सम्भावना रहेको उनले बताएका थिए ।  केवुलकार सञ्चालनमा आउन सके सदरमुकाम तम्घासको चहल पहल थप बढ्ने छ । अर्का मन्त्री गोकणराज बिष्टका अनुसार  उनका क्षेत्रका सवै कच्ची सडक पक्की गर्ने कार्य धमाधम भई रहेको छ र छिट्टै कालोपत्रे हुने छ ।

सिमलटारीमा शव स्टेशन निर्माण गरिने  प्रारम्भिक कार्य सुरु भई सकेको छ । सवै स्थानमा स्टीलको पोल फेर्ने कार्य पनि सुरु भई सकेको छ । राङ्गदालमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने कार्य पनि सुरु भई सकेको छ ।  

त्यो सम्पन्न भई सके पछि सदरमुकाम र त्यस क्षेत्रमा मानिसहरुको चहल पहल बढ्ने छ । पछिल्ला दुई महत्वपुर्ण कुराहरुले स्थानिय तह बने पछि सुक्न थाली सकेको सदरमुकाम फेरी पलाएर झाङ्गिने निश्चित जस्तै भएको छ ।

पछिल्लो पटक दुई वटा जुन महत्वपुर्ण कुराहरु आएका छन त्यसले निरास भई सकेको यहाँका ब्यवसायीहरुलाई उत्साहित पारेको छ । एक रेसुङ्गा क्याम्पस आंगिक हुने तयारीमा छ । आंगिक भई सके पछि छिमेकी जिल्लाबाट पनि विद्यार्थीहरु पढ्न आउने छन ।

अर्को सडक र खानेपानीका दुई डिभिजन कार्यालय पनि गुल्मी कै तम्घासमा स्थापना हुँदैछन । सडक तथा पुल डिभिजनको काम लिएर अब पाल्पा र अर्घाखाँचीका उपभोक्त समेत आउनु पर्ने भएकोले मानिसहरुको चहल पहल ह्वात्तै बढ्ने छ ।  धर्मिक स्थल रेसुङ्गाको पर्यटकिय विकासको काम पनि  भई  रहेको छ ।

त्यस वरीपरी रिङ्गरोड निर्माण कार्य भई रहेको छ ।  

त्यसबाट पनि मानिसहरुको चहल पहल बढ्ने छ ।  स्थानिय तह पछि जग्गाको कारोवार समेत घट्दै गरेको र  विशेष गरी यहाँका होटल ब्यवसायीहरु अन्यत्र पलायन भई रहेको अवस्थामा बाँकी रहेकाहरु अब निरास हुनु पर्ने अवस्था छैन । केहि समयको धैर्यतापछि  तम्घासको ब्यापार पहिला भन्दा बढि फस्टाउने छ । अर्को कुरा गाउँमा ब्यबसायीक कृषि उत्पादन र पशुपालन ब्यवसाय एक पछि अर्को हुँदै फस्टाउँदै छ ।

केही गाउँहरुमा होमस्टे सञ्चालन हुँदै छ । धुर्कोट गाउँपालिकाले दशै सम्म हाडहाडेमा होम स्टे सञ्चालनमा ल्याँउदै छ । भार्सेमा पनि होम स्टे सञ्चालनका लागि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोच अगाडी बढाएका छन ।

सञ्चालनमा आई रहेको कुर्घाको स्वाँरा होमस्टेको विकासका लागि मन्त्री वरालले गत वर्ष ठुलो रकम प्रदेशबाट विनियोजन गराए । ठुलो लुम्पेक,  जुभुङ्ग, बडागाउँ, वलिथुम लगायतका थुप्रै जनजाती वस्तीहरुमा होमस्टेको प्रचुर सम्भावना छ । यस प्रति जनप्रतिनिधीहरुको ध्यान जान सके समृद्धिको गन्त्व्य भेटाउन धेरै लामो बाटो हिड्नु पर्ने देखिदैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!