काठमाडौँबाट लागु औषधसहित एक युवक पक्राउ

Posted on: 30 Aug, 2018

भदौ १४, काठमाडौँ | प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ । 

भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!