सुआहाराले खाद्यन्न उत्पादन गर्न सिकायो

Posted on: 19 Dec, 2015

पुस ४, सल्यान । घरायसी खाद्यन्न उत्पादन सम्बन्धी ६ दिने तालिम आज बाँफुखोलामा सम्पन्न भएको छ । सुआहारा कार्यक्रम अन्तरगत बाँफुखोला २ मा गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । आजको समापन कार्यक्रममा स्थानिय एक सय भन्दा बढिको सहभागिता रहेको सुआहाराका फिल्ड सुपरभाइजर कमल वली ले जानकारी दिएका छन । आजको कार्यक्रमको प्रमुख अथितीमा जनकल्याण प्राविका प्रधानाध्यापक मिरा वली र प्रशिक्षक हेमराज जोसी लगाएको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!