सल्यान रुकुम यातायात व्यवसायी समितिले यात्रुलाई सुविधा थप्ने

Posted on: 19 Dec, 2015

पुस ४, सल्यान । सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठक आज सम्पन्न भएको छ । पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन पछिको पहिलो बैठकले यात्रुहरुको मागलाई मध्ये नजर गरि विभिन्न निर्णयहरु गरेको छ । समितिले जिल्लामा एसी डिलक्स सहितका ५ वटा रात्री दर्ता गर्ने र आवश्यकता अनुसार साना मिनि बस पनि दर्ता गर्ने निर्णय गरेको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन । समयानुकुल यात्रुलाई गन्तव्यमा पुग्नलाई स्थानिय रुटहरुमा नयाँ थप किउ संचालन गर्ने निर्णय पनि गरेको छ । जसमा दुल्धारा पोखरा देखि तुलसीपुर बस, श्रीनगर देखि मौलहाले र दमाचौर मिनिवस, खलंगा देखि बाँगे र ढुंगेबगर मिनिबस, खलंगा फलावाग जिप, श्रीनगर स्यालपानी चलाउनेपानी जिप श्रीनगर चाँदे स्यालपानी जिप संचालनमा ल्याउने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!