महोत्तरीमा २८ जना पक्राउ

Posted on: 31 Aug, 2018

भदौ १५, गौशाला (रासस) | विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो । 

पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!