स्थानिय निकायको निर्वाचनपछी आर्थिक दुरुपयोग रोकिन्छ: मन्त्री साही

Posted on: 18 Jan, 2016

Kunti Shahiसपना कुवर । माघ ४, सल्यान । संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जनस्तरबाट स्थानिय निकायका कर्मचारीले भ्रष्टाचार गरेको र रकमको दुरुपयोग गरेको आरोप लागेको भन्दै स्थानिय निकायको निर्वाचनले त्यस्तो कार्य रोकिने बताएकी छन ।

संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले मुलुकको निकासका लागि एकता आवश्यक भएको बताईन । सहमती र एकताबाट मात्रै समस्याको समाधान हुने भएकाले त्यतातिर सबै दल लागेको बताउदै उनले देशको सहि निकासका लागि उच्च स्तरिय राजनीतिक संयन्त्रले छलफललाई अगाडि बढाएको बताएकि छन ।

नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानिय निकायमा राजनीतिक दलको प्रत्यक्ष चुनाव हुन नसकेकाले जनप्रतिनिधिको काम कर्मचारीहरुले गरिरहेको कर्तव्य भन्दापनि पहुचका आधारमा बढि काम गरिएको बताइन । यतिबेला सरकारले बेरुजु घटाउनेदेखि लिएर, लक्षित वर्गसम्म राज्यको पहुच पुग्ने गरि काम थालेको बताउदै उनले सरकारको तर्फबाट आफुले रकमान्तरण नगराउन निर्देशन दिएको बताएकि छन ।

उनले आज नै सल्यानका विभिन्न कर्मचारी र राप्रपा नेपालका कार्यकर्तासंग पनि भेटघाट गरेकी छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!