कन्चनपुरमा फेरी अर्की किशोरीमाथि सामुहिक बलात्कार

Posted on: 31 Aug, 2018

भदौ १५, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि  हत्या भएको घटना ताजा नै रहेको बेला कञ्चनपुरमा फेरि अर्की किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् ।

बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो । 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको बताए ।

प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!