सल्यानमा सहकारी शिक्षा तालिम सम्पन्न

Posted on: 18 Jan, 2016

माघ ४, सल्यान । आफ्ना सदस्यहरुका सहकारी शिक्षा तालिम तथा आन्तरिक श्रोत वृद्धि सम्बन्धी अन्तरक्रिया गोष्टी सचाइरहेको साना किसान कृषि सहकारी संस्था कपुरकोट सल्यानले आज धनवाङको ६ नम्बर वडामा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष मिन बहादुर सेनको अध्यषतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ को लामीडाँडा र पाखापानीमा रहेका अन्तर समूहका सदस्यहरुलाइ वचत किन गर्ने, ऋण कसरि सदुपयोग गर्ने र संस्थालाइ कसरि मजबुत बनाउने भन्ने बारेमा छलफल तथा प्रशिक्षण गरिएको संस्थाका प्रवन्धक तीर्थराज शर्माले जानकारि दिनुभएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डण्ड बहादुर सेन, पत्रकार शँकर के सीले साना किसानहरु मिलेर चलाइरहेको सहकारिलाइ समृद्ध बनाउदै र उपयोग गर्दै आर्थीक उन्नतीको बाटोतीर लाग्नुपर्ने बताउनुभएको थियो ।

जित प्रसाद आचार्यले सहजकिरण गर्नुभएको कार्यक्रममा मनिराम रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । धनवाङ गाविसका प्रत्येक वडा र गर्पा गाविसको वडा नम्बर ४ मा पनि सहकारि शिक्षा कार्यक्रम सञ्चालन गरिने सहकारिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!