सल्यानको बनगाडमा टेलिफोनमा पनि लोडसेडिङ

Posted on: 31 Aug, 2018

इन्द्र बुढाथोकी । भदौ १५, सल्यान । सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा न ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ ।

बिगत ९ वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा सन्चार क्षेत्र बाट बन्चित भएका छन । २०६६ सालमा निर्माण भएको उक्त टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ । 

टावर संचालन गर्न ६५ वाटका ३६ वटा सोलार रहेका छन ।

निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १०/१२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ । 

 वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा टावर सन्चालन हुने टावर सन्चालक शेर बहादुर पुनले जानकारी दिनुभयो ।

पुनले भने आफुले २४ सै घन्टा टावर सन्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षिति गर्ने गरेको र क्षमता विस्तार गर्ने  पटकपटक  नेपाल टेलिकमप केन्द्रिय कार्यालय काठमाडौमा अनुरोध गरे पनि यहाँका स्थानीयका सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको बताउनुभयो ।

२४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन सूचना पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको स्थानियले गुनासो गरेका छन । 

 साथै बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउचेको लाटुगैरेमा रहेको नमस्ते टावर एक हप्ता देखि अवरुद्ध भएको छ । उक्त टावरको अर्थिङ भाचिदा समस्या आएको छ । 

यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर , बनगाड कुपिण्डे नपा ११ माझकाडामा रहेको टावर , छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावर सहित जम्मा ४ वटा टावर छन । यी सबै टावर सोलार बाट संचालन हुँदै आइरहेका छन ।  जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!