यौन उत्पिडन सहँदै ज्यान गुमाएकी नमुनाका श्रीमान कष्टडीमा

Posted on: 31 Aug, 2018

प्रेम सुनार | बुटवल,  १५ भदौ ।  केहि दिन अघि रुपन्देहीको कोटीहवामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक महिलाका श्रीमान श्रीमती हत्या आरोपमा प्रहरी कष्टडीमा परेका छन । मृत्युको  आठ दिन अघिसम्म श्रीमानको पटक पटकको यौन उत्पिडन  सहन नसकेको पिडा बाबु आमालाई समेत सुनाउन बाध्य भएकी  तिलोत्तमा –१५ कोटीहवाकी २४ बर्षिय नमुना लम्साल घिमिरे आफ्नै घरको पंखामा साउन २८ गते झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन  । 

उनलाई आफ्नै श्रीमान धुर्ब भनेर चिनिने धिरज घिमिरेले हत्या गरी झुण्डिाएको आरोपमा प्रहरीले उनलाई  नियन्त्रणमा लिई मुद्धा चलाईएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिल्ली मल्ल आज जानकारी दिएका हुन ।  गत माघ २४ गते नमुनाको पेशाले ईञ्जिनियर घिमिरेसंग मागी बिबाह भएको थियो । बिबाह  पछि श्रीमानको यौन उत्पिडनबाट उनि पाठेघरको समस्यामा थिईन । मृत्युको केहि दिन अघि मात्र उनले पाठेघरको अप्रेशन गरेकोले दुखाईको पिडामा थिईन । उनि कोठाबाट निस्कन नसक्ने र भित्रै स्यार सुसार गर्नेहरुको खाँचो थियो । 

सुरुमा सैनामैना नगरपालिका–२, सोरौलीका नमुनाका बाबु गोविन्द प्रसाद लम्सालले किटानी प्रहरीले किटानी जाहेरी दिन जाँदा प्रहरीले  लिन मानेको थिएन । त्यस विरुद्ध नमुनाका माईतीजनले प्रहरी कार्यालय घेराउ र नारावाजी लगायतको दवाव दिएपछि बल्ल प्रहरी जाहेरी लिएर उनका श्रीमानलाई पक्राउ गरेको थियो । 

‘‘छोरीको संकास्पदरुपमा हत्या गरिएको र नयाँ कानुन लाग्नुपूर्व नै बदनियत ढंगले हत्या गरेर पंखामा झुडाएको हो ।  माइत गएर फर्केको  ८ दिन पछि यस्तो घटना भयो,नानुले माइत आउदा आफूलाई श्रीमान्ले जर्बजस्ती यौन उत्पिडन दिने, हिंसा गर्ने गरेको सुनाउथिन्, अहिले यसरी हत्या नै गरियो –नमुनाका बाबुले यस्तो बताउँदै आएका छन । 

नमुना त्यस्तो अवस्थामा मृत फला परेको जानकारी उनका ससुराले बाबुलाई गराएका थिए । घिमिरेका परिवार राजनैतिक पहुँच भएको हुँदा प्रहरीले सुरुमा मुद्धा दर्ता गराउन नमानेको माईतीजनको आरोप रहेको छ । डिएसपी मल्ले भने –‘ कुनै पनि दवावमा नपरी निजलाई  १२ दिन अघिदेखि नियन्त्रणमा लिई मुद्धा चलाईएको छ र सुक्ष्मढंगले अनुसन्धान गरिदैछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!