मिर्गौला पीडितलाई वैदेशिक सहयोग

Posted on: 01 Sep, 2018

भदौ १६, झापा | झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । 

अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् । स्थानीयवासीले कृष्ण गौतमको नेतृत्वमा ‘बोधराज खनाल बचाऊ’ अभियान सञ्चालन गरिएकाले बालकल्याण मावि महाभाराका पूर्व विद्यार्थीले सोही विद्यालयमा कार्यरत भीमप्रसाद खनालका छोरा बोधराजको उपचारका लागि सहयोग जुटाएका हुन् । 

उक्त विद्यालयका पूर्व विद्यार्थी तथा अष्ट्रेलियास्थित झापाली समाजका उपाध्यक्ष नेत्र पौडेलको नेतृत्वमा सङ्कलित रु ७० हजार बिहीबार पीडितको घरमै जनप्रतिनिधिको रोहबरमा परिवारलाई प्रदान गरिएको थियो । 

सो रकम उपाध्यक्ष पौडेलका बुबा खेमकुमार पौडेल र गौरीगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले खनाले हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी बैगुनधुरा घर भई हाल अमेरिकामा बस्दै आउनुभएकी जीना ढुङ्गानाले पनि पीडित परिवारलाई रु १० हजार सहयोग गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!