जिविसले विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी सञ्चालन गर्दै

Posted on: 21 Jan, 2016

शँकर के सी । माघ ७, सल्यान । जिल्ला विकास समितीको कार्यालय सल्यानले आगामी जिल्ला परिषद् सम्पन्न गर्नका लागी जिल्लाका विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी शुरु गरेको छ । जस अन्तर्गत आज इलाका नम्बर ३ को कपुरकोटमा गोष्टी सम्पन्न भएको छ । आर्थीक वर्ष २०७३।०७४ का लागी गाउँ परिषद्बाट सिफारिश भएका विभिन्न योजनाहरुलाइ सामुहिक छलफलबाट प्राथमीकीकरण गरि छनौटका लागी जिल्ला वरिषद्मा पठाउने निर्णय आजको गोष्टीमा भएको छ ।

धनवाङ गाविसका सचिव टुकाराम ओलिको अध्यक्षता तथा जिविस सल्यानका निमित्त स्थानीय विकास अधिकारि निम बहादुर ओलीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा पर्यटन सडक, कृषि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता विभिन्न क्षेत्रका योजनाहरु माग गरेर पठाइएको छ ।

गोष्टीमा पूर्व जिविस सभापती ध्रुवराज पुरी, सामुदायीक वन महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, स्वास्थ्य चौकी धनवाङका इन्चार्ज देवेन्द्र सेन, पशु सेवा केन्द्रका प्रमुख कमल कुशुम आचार्य, कृषि सेवा केन्द्रका प्रमुख कमल रेग्मी तथा धनवाङ, रीम, सिनवाङ र गर्पा गाविसमा क्रियाशिल विभिन्न राजनीतीक दलका प्रमुख तथा प्रतीनिधीहरुको सहभागीता थियो ।

आज नै देवस्थल, सिद्धेश्वरी र खलंगामा पनि इलाका स्तरिय योजना तर्जुमा गोष्टी सम्पन्न भएको जिविस सल्यानका जिवराज केसीले जानकारि दिनुभयो । लेकपोखरा र रामपुरमा भने हिजो बुधबार नै गोष्टी सम्पन्न भइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!