दाङमा बोक्सीको आरोपमा बुहारीले गरिन् सासुको हत्या

Posted on: 01 Sep, 2018

भदौ १६, दाङ | दाङमा बोक्सीको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् । 

तुलसीपुर उपमहागनरपालिका ९ की ६९ वर्षीय  खोपी रावतलाई बुहारी टंकी रावतले हत्या गरेको प्रहरीले बताएको छ । 

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरेको हो।  धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भनेपछि आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । 

झारफुक गर्न जाने भन्दै घरबाट निस्केपनि घर नफर्किएपछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा  इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!