उद्यमशिलताले दरिद्रता हटाउन प्रजिअ आचार्य, सल्यानमा नयाँ प्रविधिको प्रयोग

Posted on: 22 Jan, 2016

डिल्लीराज रावत । माघ ८, सल्यान । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले उद्यमशिलताले दरिद्रता हटाउने बताएका छन । कुनैपनि सामाग्रीको निर्माणकर्ताले त्यसका प्रयोगकर्ता चिन्नुपर्ने भन्दै उनले तालिम घरको कामबाट केहिदिन छुटकारा पाउनलाई मात्रै नभई व्यवसायी बन्नलाई लिनुपर्ने बताएका छन । सल्यानमा क्रिष्टलका गहना बनाउने सम्बन्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

सोहि कार्यक्रममा उनले नेपाल बाल संगठन सल्यानको वेवसाइटको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ट उद्योग अधिकृत सुनिल आचार्यले तालिमलाई व्यवसायीक रुपमा ग्रहण गर्नुपर्ने बताएका छन । त्यस्तै व्यवसायी प्रेमा बस्नेतले तालिमलाई खेल विधिबाट गराइने बताएकी छन ।

घरेलु तथा साना उद्योग विकास समिति सल्यान र नेपाल बाल संगठन सल्यानको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष ऋषिकेशजंग शाहाले गरेका थिए भने कोषाध्यक्ष प्रकाश भण्डारीले संचालन गरेका थिए । कार्यक्रमलाई युट्युवबाट संसारभर प्रत्यक्ष अडियो र भिडियो प्रशारण गरिएको थियो । सल्यानमा यो नयाँ प्रयोग हो । उक्त प्रविधिलाई सफ्टवयर इन्जिनियर सुरेश खड्का र क्यान सल्यानका संस्थापक अध्यक्ष प्रविण चन्दले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!