खोटाङमा पाँच दिनदेखी एक पुरुष बेपत्ता

Posted on: 01 Sep, 2018

चिसाङ शेर्पा | भदौ १६, खोटाङ | खोटाङमा एक पुरुष पाँच दिनदेखी बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ किउरेनी पूरानो गाउँका ३९ वर्षीय कमल बहादुर घिमिरे बेपत्ता भएका हुन् ।

जिल्ला अस्पताल चोक नजिक दुध डेरी सञ्चालन गर्दै आएका घिमिरेले दुध डेरीबाट भदौ १२ गते बिहान ४ बजे आफ्नो जेठी छोरीलाई फोनमा घर हिडेको बताएपछि बेपत्ता बनेका उनका श्रीमती कृष्ण कुमारी घिमिरे जानकारी दिईन् । कमलका श्रीमतीका अनुसार बेपत्ता भनेपछि भदौ १३ गते राती ९ बजे ‘घर आउँदिन छोरीलाई घरमा झार्नु म उपवासमा छु ।’ तथा १४ गते राती ९ बजे ‘म घर आउँदिन गर्न सक्ने काम गर्नु’ भनेर फोन अफ भएको थियो ।

बेपत्ता बनेका क्रिष्चयन धर्मावलम्बी घिमिरे आफन्त, छरछिमेकमा नभेटिएको पाइएको छ । परिवारलाई शंकास्पद लागेका स्थानहरुमा खोजी गर्दा समेत फेला नपरेपछि शनिवार खोजीका लागि प्रहरीमा उजुरी दिएको सालो पृथ्वी नारायण आचार्यले बताए । बेपत्ता भएका घिमिरको १ छोरा ४ छोरी रहेको छ ।

पिडित परिवारको निबेदन अनुसार खोजतलास गर्ने खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!