अर्घाखाँचीको नरपानिमा भएको भिडन्त ५ जना गम्भीर घाइते

Posted on: 01 Sep, 2018

भदौ १६, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानिमा भएको कपिलवस्तु र सन्धिखर्कका युवाहरु बिचको भिडन्त सामान्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भएको छ । 

घटनामापरि सन्धिखर्क का ४  जना  र कपिलवस्तु का १ जना युवा गम्भीर घाइते भएका छन उनिहरु  हरु को अर्घाखाँची अस्पतालमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पताल का प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिनु भयो । 


तिनजना घाइतेको  जिल्ला अस्पतालमा उपचार  भईरहेको छ भने केही सामान्य घाईते हरु  उपचार पछि घर फर्केका छन  । घटनमा सङलग्न भएका कपिलवस्तु का १३ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समेत प्रजिअ भुसालले जानकारी दिनु भयो । नरपाानि दिनभर तनाब ग्रस्त रहेको थियो । सन्धिखर्क बाट प्रजिअ खिमराज भुसाल सहितको सुरक्षा निकाएका प्रमुखहरु को टोलि घटना स्थलमा पुगेर सत्यतथ्य पत्ता लगाएपछि कपिलवस्तु का युवाहरुलाई नियन्त्रणमा लिएको प्रहरि निरिक्षक खिम बहादुर घमले बताउनु भयो ।


अहिले नरपानिको अबस्था सामान्य रहेको छ । भोलिबाट नै त्यस क्षेत्र लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने प्रजिअ भुसालले बताउनु भयो । सुपादेउरालि पुजाको प्रसाद खान पुगेका युवाहरु बिच दिनभर झडप भएको थियो । झडपमा परि ५ जना गम्भीर र अन्य गरि १२ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!