मान्छेको जिन्दगीमा हरेक खेलहरु हुन्छन: ज्वाला

Posted on: 18 Feb, 2016

prakash jwalaडिल्लीराज रावत/फाल्गुण ६, सल्यान । व्यवस्थापिका संसद अन्तरगत अर्थसमितिका सभापति प्रकाश ज्वालाले मान्छेको जिन्दगीमा हरेक खेलहरु हुन्छन र ति खेलहरुमा जितहार दुवै हुने बताउदै खेलाडिलाई हरेश नखान आग्रह गरेका छन ।

जिन्दगी नै प्रयास भएकाले खेलाडीले प्रयास गर्नुपर्ने र त्यो विद्यालय स्तरबाट नै शुरु हुने बताएका छन । सल्यानमा विहिबार आठौं राष्ट्रपति रनिङ्ग शिल्डको जिल्ला स्तरिय प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सल्यान क्षेत्र नं. २ का संसद ज्वालाले गन्तव्यमा पुग्नलाई संकल्प गर्नुपर्ने र एकदिन अवस्य पुगिने भएकाले उद्देश्यमा केन्द्रित बन्न सबैमा अनुरोध गरेका छन ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सल्यान क्षेत्र नं. १ बाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने संसद टेक बहादुर बस्नेतले खेल क्षेत्रको विकासले देशलाई विश्वसामु चिनाउने बताएका छन ।

विहिबार उद्घाटन भएको खेलकुद प्रतियोगिता शनिबार सम्म चल्ने आयोजकले जानकारी दिएको छ । गत माघमा जिल्लाका ४ स्थानमा भएको क्षेत्र स्तरिय प्रतियोगितामा उत्कृष्ट ४७ विद्यालयका १ सय ७८ विद्यार्थीले ३ दिन सम्म चल्ने प्रतियोगितामा सहभागिता जनाएका छन ।

खेलकुद प्रतियोगिता अन्तरगत भलिवलमा १२ महिला र १२ पुरुष गरी जम्मा २४ वटा समूह रहेका छन भने कव्वडीमा पनि २४ समूह छन । त्यस्तै एथ्लेटिक्समा महिला र पुरुष गरि ६ सय ६४ जनाले सहभागिता जनाउदैछन भने मार्सल आर्टमा ८२ जनाले सहभागिता जनाउने आयोजक जिल्ला खेलकुद विकास समिति सल्यानले जानकारी दिएको छ । कार्यक्रममा खेलकुदको क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!