टर्च बालेको भन्दै पत्रकार बि.क माथि कुटपिट

Posted on: 02 Sep, 2018

टेकेन्द्र बोहरा, भदौ १७, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० सदरमुकाम चैनपुरमा पत्रकार गणेश बिकलाई टर्च वालेको भन्दै कुटपिट गरेका छन  । 

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४पुगरकका पत्रकार गणेश विक लाई कुटपिट गरेको हो ।


सनिवार राती १०ः३० बजे  बि,क बाजुरा होटल बाट खाना खाएर साथिको कोठा जाने क्रम्मा बाटोमा राति टर्च बालेको भन्दै  कुटपिट गरेको हो ।

कुटपिट हुदा पत्रकार गणेश को बाया आँखामा चोट लाग्नुका साथै दाँतहरु  भाचियको छ । रातिको समयमा  पाँच छ जनाको समुहमा आएका टोले केटाहरुले कुटपिट गरेको बिकले बताएका छन । 

सदरमुकाम चैनपुरमा हरेक दिन चोरी बलत्कार घटना हुदौ आएका  छन् ।

पत्रकार बिकले आफुलाई कुटपिट गरेको खवर प्रहरीलाई जानकारी गराउदा पनी प्र्रहरीले कुनै चासो नदिएको विकले बताएका । बिकले भने आफु कुटिएको आधा घन्टापछी मात्र प्रहरी पुगेको पत्रकार बिकले बताएका छन ।

आफुलाई  कुटपिट गर्नेको नाम  नाम प्रहरीलाई जनाकारी दिदा पनी प्रहरीले उनलाई नसमातेको पत्रकार बिकले जानकारी दिएका छन ।

पत्रकार बिकले पछिल्लो समयमा भ्रष्टचार अनियमितता बारेमा समाचार लेख्दै आएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!