आफ्नी श्रीमती वडा अध्यक्षसँग बसेको देखेपछि..., वडा अध्यक्ष पक्राउ

Posted on: 02 Sep, 2018

भदौ १७, बाग्लुङ | बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि केटीको कोठाबाट पक्राउ परेका छन् । बडिगाड  -७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड, एक महिलाको कोठाबाट पक्राउ परेका छन् । 

आइतबार दिउसो  महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बाग्लुङका एसपी दिपक रेग्मीले जानकारी दिए । 

रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्षसँग बसेको श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेको र ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरलाई पक्राउ गरेको बताएका छन् । 

प्रहरीले केहि समय पहिले पक्राउ गरेको भन्दै थप अनुसन्धान पछि खुल्ने रेग्मीले जानकारी दिए । 

वडाध्यक्ष  त्यो पनि कार्यालय समयमा परस्त्री गमनमा भेटिनु लज्जास्पद विषय भएको स्थानियले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!