निर्मला हत्या प्रकरण: काँग्रेसद्वारा नगर प्रमुखलाई मुछिएकोमा आपत्ति

Posted on: 03 Sep, 2018

भदौ १८, महेन्द्रनगर | भिममदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली काँग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा राजनीतिक स्वार्थपूर्तिका लागि भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको बदनाम गर्न आनवश्यक रुपमा जोडिएको असन्तुष्टि जनाएका छन् ।

नगर कार्यपालिका प्रवक्ता पाण्डेयले काँग्रेस स्थलगत समितिले आफूहरुसित निर्मला पन्त हत्या सम्बन्धी कुनै पनि किसिमको जानकारी नलिई नगर प्रमुखको बदनाम गराउने नियत राखेर प्रतिवेदन तयार गरिएको बताए । ‘भीनपा १८ का वडा अध्यक्षको हैसियतले यो घट्नालाई सुरुदेखि हेरेको छु, काँग्रेस समितिले म मात्रै भीनपा कार्यालयसित कुनै जानकारी लिएको छैन’ नगर कार्यपालिका प्रवक्ता पाण्डेयले भने,‘ अहिले प्रतिवेदनमा नगर प्रमुख विष्टसित जोडेर अनावश्यक रुपमा चरित्र हत्या हुने गरी राजनीतिक प्रतिशोध साँध्न कपोलकल्पित भ्रामक कुरा प्रतिवेदनमा समावेश गरिएका छन्, त्यसमा नगर कार्यपालिका खेद व्यक्त गर्दछ र काँग्रेस समितिलाई सत्यतथ्य कुरा प्रतिवेदनमा समावेश गर्न आग्रह गर्छ ।’

नगर कार्यपालिका प्रवक्ता पाण्डेयले काँग्रेस नेता बडूलाई नगर प्रमुख विष्टको बदनाम हुने गरी प्रतिवेदनमा समावेश गरिएका सबै विषय पु्ष्टि गर्न चेतावनी दिएका छन् । ‘नगर प्रमुख विरुद्ध प्रतिवेदनमा समावेश गरिएका विषय पुष्टि गर्न चेतावनी दिन चाहन्छु’ प्रवक्ता पाण्डेयले भने,‘यसो गर्दा केही सन्तुष्टि त होला, तर त्यसको कुनै अर्थ हुने छैन ।’काँग्रेसका नेता एवम् समानुपातिक साँसद बडू र अर्का नेता बिर बहादुर बलायरको टोलीले स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन सोमबार संसदलाई जानकारी गराएको छ । प्रतिवेदनमा नगर प्रमुख विष्ट निर्मलाको शव भेटिएको दिन पटक पटक बोलाउँदा पनि नगएको, पछि सुरक्षाकर्मीले आउन रोकेको र भीनपाका प्रवक्तालाई बोलाउन गएकासित उखुबारीमा सर्पले टोकेर मृत्यु भएको पनि हुन सक्छ भनेको जानकारी प्राप्त भएको भनेर उल्लेख गरिएको छ ।

नगर कार्यपालिका प्रवक्ता पाण्डेयले आफूले कसैलाई पनि केही नभएको उल्लेख गर्दै आफू र नगर प्रमुख विष्टको बदनाम गराउने तथा आफू र नगर प्रमुखबीच फाटो ल्याउने नियत राखेर प्रतिवेदनमा समावेश गरिएको बताए ।‘यो नियोजित रुपमा बदनाम गर्ने नियतले समावेश गरिएको छ, काँग्रेस समितिले यति घटिया कुरा गरी राजनीतिक पूर्वाग्रह साँध्छ भन्ने कल्पना पनि गरिएको थिएन ।’‘यस दुःखद घटनामा छिनभरमै सर्वसाधारण जनता घटनामा उर्लिए तर पनि पटक पटक फोन गरेर बोलाउँदा पनि भी. न.पा का जननिर्वा्चित मेयरले आउँछु आउछु भनेको तर समयमा नआएको, र पछि “प्रहरीले रोकेकाले आफू नआएको भनेको र नगरिापलकाका प्रवक्ता वडा नम्बर १८ का अध्यक्षले बोलाउन गएकाहरुसित उखबुारीमा सापले टोकेर पनि त मृत्यु भएको हुन सक्दछ भनेको जानकारी भयो यस्ता अत्यन्तै हल्का र गैर जिम्म्वारी अभिव्यक्तिका कारण पनि पीडित परिवारका साथै सर्वसाधारण नागरिक समाज आक्रोशित रहेको पाइयो’ प्रतिवेदनमा उल्लेख गरिएको छ । भीनपाका नगर प्रमुख विष्टले निर्मला हत्या प्रकरणमा आफूसित जोडेर आएका विषय पुष्टि भए आफू राजनीति छाड्ने घोषणा गरेका थिए । उनले विशेष कारणवश शव भेटिएको स्थानमा जान नपाए पनि त्यसपछि पनि निर्मलाको हत्यामा संलग्नलाई कारवाही र पीडित परिवारलाई सहयोगको लागि पहल गर्दै आएका छन् ।

‘मेरा विरुद्ध जति अफवाह फैलाए पनि त्यसले मलाई केही असर गर्दैन, राजनीतिक प्रतिशोधका लागि मेरा विरुद्ध जे जति दुष्प्रचार गरिएका छन्, त्यसको भ्रममा नपर्न आग्रह गर्छु’ नगर प्रमुख विष्टले भने,‘यस्ता दुष्प्रचार धेरै दिन टिक्न सक्दैनन् ।’नगर प्रमुख विष्टले सर्पले टोकेर मरेको भनेको हो भन्ने हल्ला फैलाएर साउन ११ गते निर्मला शव लिएर नगरपालिका कार्यालयको प्रवेशद्वारमा ल्याएर प्रदर्शन गरिएको थियो । त्यसमा केही भीनपाका जनप्रतिनिधि सहभागी भएका थिए । प्रहरी दिलिप विष्ट सार्वजनिक नगरेसम्म नगर प्रमुख विरुद्ध नाराबाजी गर्दै कार्यालय अघि प्रदर्शन गरिएको थियो ।

माथिको तश्विरमा: मेयर सुरेन्द्र विष्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!