बैतडीमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु, २ घाइते

Posted on: 04 Sep, 2018

भदौ १९, बैतडी । अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो ।

स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा ५ वर्षीया दीपा लुहार र ९ वर्षीय जगदीश लुहार छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!