ग्याँस बोकेर काठमाडौँ आउदै गरेको कन्टेनर त्रिशूली नदीमा खस्यो

Posted on: 04 Sep, 2018

भदौ १९, चितवन | एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । 

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १:२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी पुर्याएको जनाइएको छ ।

प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!