एमाले धनवाङले सोमबार कपुरकोट बजार सरसफाइ गर्ने

Posted on: 28 Feb, 2016

फागुन १६, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले आफ्नो आठौँ गाउँ अधिवेशनको अवसरमा भोलि सोमबार कपुरकोट बजार सरसफाइ गर्ने भएको छ ।

कपुरकोटमा सम्पन्न अधिवेशन आयोक कमिटी र विभिन्न उपसमितीका संयोजकहरुको बैठकले बजार सरसफाइ गर्ने निर्णय गरेको हो । सरसफाइको अभावमा वातावरण प्रदुसित हुनुका साथै मानव स्वास्थ्य नै जोखिममा पर्ने भएकोले बजार सरसफाइको कार्यक्रम राखिएको गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनले जानकारि दिनुभयो । विहान ८ बजे देखि शुरु हुने सरसफाइ कार्यक्रममा एमाले धनवाङका जिम्मेवार पदाधीकारि तथा कार्यकर्ता, व्यापारि, बुद्धिजिवी लगाएतका सहभागी हुने उहाँले जनाउनुभयो । साथै बैठकले पर्सि १८ गते उद्घाटन हुने गाउँ अधिवेशनलाइ भव्य रुपमा सफल पार्न विभिन्न उप समितीहरुलाइ अझै सक्रिय बनाउने निर्णय गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने नेकपा एमाले धनवाङले जनाएको छ ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!