शिर छेदन गरी विभत्स हत्या गरिएको अवस्थामा जिसीको शव काठमाडौंमा फेला

Posted on: 04 Sep, 2018

प्रेम सुनार | भदौ १९ गुल्मी। बाग्लुङ्गका एक युवाको शव शिर छेदन गरी हत्या गरिएको अवस्थामा काठमाणडौमा शव फेला परेको छ । बुर्तिङ्गबाङ्ग घर भई काठामाण्डौको सानो भर्याङ्गमा हजुरबुवा हजुरआमासंग बस्दै २२ वािर्षय संगिन जिसीको शव स्वयम्भुको जंगलमा  टाउँका चुँडालिएको अवस्थामा भेटिएको महानगरिय प्रहरी परिसर टेकुले जनाएको छ ।

t:jL/M d[ts lh;Lsf] zj  / lhjt 5Fbf 

मृतक जिसी रक्षाबन्धनको दिन दिउँसो २ बजेतिर घुम्न जान्छु भन्दै हिडेका थिए । फोन स्वीचअफसंगै उनि घर नआएपछि अर्को दिन उनका हजुरबुवाले महानगरिय प्रहरी वित्तमा खोजीका लागि निवेदन दिएका थिए ।

भदौ १७ गतेका दिन वालवालिकाहरुले स्वयम्भु जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरिएको थियो । महानगरिय प्रहरी प्रहरी बृत्तका प्रहरी नायव उपरिक्षक होन्द्रि बोगटीले परिवारले दिएको हुलियाका अधारमा जिसीको कपडा र चप्पल परिचान भएको जानकारी दिए ।

मृतकका बाबु मिनबहादुर जिसीका अनुसार  छोराको हत्या कुनै नियोजित ढंगले हत्या भएको छ । मृतकको परिवारले हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!