ट्याक्टर दुर्घट्नामा एकको मृत्यु

Posted on: 05 Sep, 2018

चिसाङ शेर्पा | भदौ २०, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीय प्रकास राईको मृत्यु भएको छ । 

गए राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अल्छेढुंगा जिरो प्वाईन्ट नजिक को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा उनको मृत्यु भएको हो । 

राती करीव १२:५० सडकबाट १० मिटर तल खस्दा दुर्घट्नामा शक्त घाईते बनेका प्रकाशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालको शब गृहमा राखिएको छ । ट्याक्टरका सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ दिक्तेलका अन्दाजी २० वर्षीय सुजन राई गम्भीर घाईते भएका छन् । घाईतेलाई सोही राती उपचारका लागि काठमाण्डौ लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!